सरकारद्वारा गठित राजनीतिक संवाद समितिले नेपाली कम्युनिस्ट पार्टीको कार्यालय अनुगमन गरेको छ।
जेनजी आन्दोलनका बेला राजनीतिक दलका कार्यालयमा भएको क्षतिको अवलोकन गर्न निस्किएको संवाद समिति अनुगमनका क्रममा कोटेश्वरस्थित नेकपा कार्यालय पुगेको हो। 
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाको नेतृत्वमा रहेको तीन सदस्यीय राजनीतिक संवाद समितिले नेकपा अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेटघाट गरेको हो।
यसअघि संवाद समितिले नेपाली कांग्रेस र नेकपा एमालेको पनि कार्यालय अनुगमन गरेको थियो।

126
Shares

प्रतिक्रिया