समाज


असमको खेरोनी क्षेत्रमा तनाव, नेपाली बस्तीमा पनि व्यापक तोडफोड

असमको खेरोनी क्षेत्रमा तनाव, नेपाली बस्तीमा पनि व्यापक तोडफोड

असमको खेरोनी क्षेत्रमा प्रदर्शनकारी


नेपालखबर
पुस ८, २०८२ मंगलबार १५:९, काठमाडौँ

भारतीय राज्य असमको पश्चिम कार्बी आङ्लोङ जिल्लास्थित खेरोनी क्षेत्रमा स्थानीय आदिवासीले गरेको आन्दोलनका क्रममा नेपाली बस्तीमा पनि व्यापक तोडफोड भएको समाचार आएको छ। 

बीबीसी हिन्दीका अनुसार प्रदर्शनकारीहरूले सोमबार खेरोनी र आसपासका नेपाली बस्तीमा पनि व्यापक तोडफोड गरेको रिपोर्ट आएको हो।

स्थानीय पत्रकार सुशान्त राईले भनेका छन्, ‘केही प्रदर्शनकारीहरूले निजी घर र पसलहरूमा क्षति पुर्‍याएका छन् र धेरैवटा सवारीसाधनमा तोडफोड गरेका छन्।’

कार्बी आङ्लोङ जिल्ला भारतीय संविधानको छैटौँ अनुसूचीअन्तर्गत स्थापित एक स्वायत्त क्षेत्र हो, जहाँ आरक्षित जग्गा अतिक्रमण गरी ‘बाहिरी’ मानिस बसेको आरोप लगाउँदै स्थानीय आदिवासी डिसेम्बर ६ देखि आन्दोलनमा छन्। 

उनीहरूले त्यहाँ रहेका ‘अवैध’ बस्ती हटाइनुपर्ने माग गरिरहेका छन्।

विरोध प्रदर्शनका क्रममा सोमबार आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा उक्त क्षेत्रमा तोडफोड र आगजनी भएको हो। 

त्यस क्रममा प्रदर्शनकारीहरूले भारतीय जनता पार्टी (भाजपा) का जिल्ला तहका एक शीर्ष नेताको घरमा आगजनीसमेत गरेका छन्। 

भाजपाको नेतृत्वमा रहेको कार्बी आङ्लोङ स्वायत्त परिषद्का प्रमुख कार्यकारी सदस्य तुलीराम रोङ्हाङको घरमा प्रदर्शनकारीले आगो लगाइदिएका हुन्।

यद्यपि आगजनीका बेला घरमा कोही थिएनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad