नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बुधबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। उनले सूचना प्रकाशित गरी पुस ९ गते दिउँसो १ केन्द्रीय कार्यालय, सानेपामा उपस्थित हुन पदाधिकारी र सदस्यलाई आग्रह गरेका छन्।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकसम्बन्धी सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८२ पुस ९ गते बुधबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर ललितपुरमा बस्ने भएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशनाअनुसार अनुरोध गरिन्छ।’
कार्यसम्पादन समितिको बैठकमा महाधिवेशनबारे छलफल हुने जनाएको छ। यससँगै आउँदो राष्ट्रिय सभाको निर्वाचनबारे पनि छलफल हुने भएको छ। कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म गर्ने तय भएको छ।
Shares

प्रतिक्रिया