कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
जानकी गाउँपालिका- २ प्रगतीनगर बस्ने २९ वर्षीय श्यामलाल चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानीय रोरा नदीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
114
Shares

प्रतिक्रिया