राजनीति


अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि

अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि

नेपालखबर
पुस ४, २०८२ शुक्रबार १८:११, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने उच्च अदालतको आदेश अनुसार रकम बुझाएपछि छुटेका छन्। 

उनले जिल्ला अदालत, रुपन्देहीमा धरौटी १ करोड र बिगो वापतको बैंक जमानत २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक जमानत बुझाएका हुन्। 

त्यस बराबरको बैंक जमानत बुझाएपछि लामिछाने थुनामुक्त भएको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले बताए। ‘उच्च अदालतको आदेशअनुसार, बैंक जमानत बुझाएपछि छुट्नु भएको छ,’ अर्यालले नेपालखबरसँग भने। 

उनले एक करोड धरौटी सुरुमै थुनछेक आदेश हुँदा बुझाइसकेका थिए। पौने ३ करोड बैंक जमानत पनि उनले यसअघि निवेदन साथ पेश गरिसकेका थिए। 

बिहीबारको उच्च अदालत, तुलसीपुरको बुटवल इजलासको आदेश अनुसार, कागज गरेर उनी शुक्रबार साँझ रिहा भएका हुन्। 

उनलाई अदालतमा उच्च अदालतको आदेश अनुसारका सर्तमा कागज गराइएको छ। उच्च अदालतले विदेश जाँदा अदालतको अनुमति लिनुपर्ने, यो मुद्दामा फैसला हुँदा थप दायित्व सिर्जना भएको अवस्थामा त्यसलाई स्वीकार गर्ने र तिर्ने लगायत सर्त राखेको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad