राजनीति


सुनील शर्मा भन्छन्ः १५औँ महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छु

सुनील शर्मा भन्छन्ः १५औँ महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छु

नेपालखबर
पुस ४, २०८२ शुक्रबार १६:३८, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले पार्टीको १५औँ महाधिवेशनमा आफू सहमहामन्त्रीको सशक्त दाबेदार रहेको बताएका छन्।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता शर्माले महाधिवेशनमा सहमहामन्त्रीको दाबी गर्ने बताएका हुन्।

उनले आफूलाई सहमहामन्त्री पदमा उठ्न नदिए आफ्नै ढंगले महामन्त्री पदमा उम्मेदवारी दिने दाबी समेत गरे। उनले पार्टीका शिर्ष नेताहरूले महाधिवेशनमा दोस्रो तहका नेताहरूमाथि दमन गरे छुट्टै प्यानल बनाएर विद्रोहमा उत्रिने चेतावनी समेत दिए। 

उनले भने,‘म अहिलेसम्म डा. शेखर कोइाराला पक्षको मान्छे हो। यसमा लजाउने कुरा भएन। मैले अगामी महाधिवेशनमा सहमहामन्त्री दिनुहोस् भन्छु। म अरुजस्तो तपाईहरुसँग झुटो बोल्दिन। म माथिबाट तल झर्ने मान्छे होइन तलबाट माथि जाने हो। मेरो जीवन पनि त्यस्तै छ। तल सुकुम्बासीको छोरो अहिलेसम्म यहाँ आइपुगेको छु। सहमहामन्त्रीमा मेरो उम्मेदवारीको निम्ति आग्रह गर्छु उहाँहरुले दिनुभएन भने नयाँ ढंगको सोच हुन्छ महामन्त्रीमा मेरो उम्मेदवारी जान्छ या उपसभापतिमा जान्छ।’

उनले पार्टीका वर्तमान महामन्त्री गगनकुमार थापाले चलाएको पार्टी आफूहरूले देखिसकेको भन्दै आफूले चलाएको पार्टी जनतालाई देखाउने इच्छा रहेको पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad