इलामबाट प्रतिनिधि सभाको उपनिर्वाचन लडेका मिलन लिम्बूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सूचीमा राखेको छ।
रास्वपाले समानुपातिक सांंसद बन्न निवेदन दिएका ३ सय ५३ जनाको नाम शुक्रबार सार्वजनिक गरेको छ। त्यसमा कोसी प्रदेशबाट लिम्बू पनि परेका छन्। उनीसँगै कोसीबाट ६० जनाको निवेदन परेको रास्वपाले जनाएको छ।
यसअघि लिम्बू उपनिर्वाचनमा इलाम-२ बाट उम्मेदवार बनेका थिए। उपनिर्वाचनमा इलाम-२ बाट नेकपा (एमाले)का सुहाङ नेम्वाङ निर्वाचित भएका थिए।
प्रारम्भिक सूचीमा परेका उम्मेदवारसँग रास्वपाले शनिबार छलफल गर्ने तय गरेको छ। पुस ६ देखि ११ गतेसम्म नेतृत्व क्षमता लगायतका विषय हेरिनेछन्।
त्यसपछि पुस १२ र १३ गते प्रारम्भिक निर्वाचन हुनेछ। पुस १४ गते नतिजा प्रकाशन गर्ने रास्वपाले जनाएको छ।
384
Shares

प्रतिक्रिया