राजनीति


केन्द्रीय सदस्यलाई ओलीको निर्देशन- पार्टीको प्रतिष्ठामा आँच पुग्ने कुरा मिडियामा नगर्नू

केन्द्रीय सदस्यलाई ओलीको निर्देशन- पार्टीको प्रतिष्ठामा आँच पुग्ने कुरा मिडियामा नगर्नू

नेपालखबर
पुस ४, २०८२ शुक्रबार १५:२८, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीसम्बन्धी असन्तुष्टि सार्वजनिक सञ्चारमाध्यममार्फत व्यक्त नगर्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका छन्।

शुक्रबार ११ औँ महाधिवेशनबाट निर्वाचित प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पार्टीको प्रतिष्ठामा आँच पुग्ने कुनै पनि अभिव्यक्ति मिडियामा नदिन आग्रह गरे।

‘सार्वजनिक सञ्चारमाध्यममा गएर पार्टीको सम्बन्धनमा, पार्टीको प्रतिस्ष्ठामा अलिकति पनि आँच पुग्ने खालका कुरा नआउन भन्ने म आग्रह गर्न चाहान्छु,’ ओलीले भने।

उनले असन्तुष्टि भए नेतृत्वसमक्ष गर्न आग्रह गरे। ‘असन्तुष्टि नेतृत्व समक्ष व्यक्त गर्दा हुन्छ। मौखिक वा लिखिरुपमा व्यक्त गर्दा हुन्छ,’ ओलीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad