राजनीति


एमालेको उपमहासचिवमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो

एमालेको उपमहासचिवमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो

फाइल तस्बिर


नेपालखबर
पुस ४, २०८२ शुक्रबार १२:५५, काठमाडौँ

पदाधिकारीमा पराजित भएका एमाले नेता विष्णु रिमालले आफ्नो हार स्वाभाविक भएको बताएका छन्। 

शुक्रबार सामाजिक सञ्जालमा उनले हारपछि पार्टीमा आफ्नो औपचारिक भूमिका परिवर्तन भएको पनि बताएका छन्। 

‘नयाँ नेतृत्व चयनका क्रममा महाधिवेशनमा स्वस्थ र कमरेड्ली प्रतिस्पर्धा देखियो। पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीद्वारा प्रस्तावित टीम प्रायः सर्वसम्मत रूपमा अनुमोदित भयो, जसमा एक जना उपमहासचिव-म स्वयं र एकजना उपाध्यक्ष बाहेक सबै निर्वाचित हुनुभयो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो न त अस्वाभाविक हो, न त चिन्ताको विषय। यस्ता परिणामहरू लोकतान्त्रिक प्रतिस्पर्धाका स्वाभाविक र स्वस्थ अभ्यास हुन्।’

उनले जनताको बहुदलीय जनवादको मूल भावना नै प्रतिस्पर्धालाई आत्मसात गर्नु, आफ्नो श्रेष्ठता स्थापित गर्नु र नेतृत्वको म्यान्डेट प्राप्त गर्नु रहेको भन्दै फेसबुकमा लेखेका छन्, ‘यही भावनामा हामी सबैले परिणामलाई आत्मविश्वास, संयम र प्रतिबद्धताका साथ स्वीकार गरेका छौँ।’

प्रधानमन्त्री हुँदा ओलीका प्रमुख राजनीतिक सल्लाहकार र ओलीका विश्वास प्राप्त नेता मानिने रिमालले अब पार्टीमा आफ्नो भूमिका परिवर्तन भएको पनि उल्लेख गरेका छन्। 

‘पार्टीभित्र मेरो औपचारिक भूमिका परिवर्तन भए पनि हाम्रो साझा संकल्प र कमरेड्ली भावना यथावत् छ। आगामी दिनहरूमा पनि हामी एउटै मार्गमा सँगसँगै अघि बढ्नेछौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad