ad ad

राजनीति


मृत्युको हल्लाबीच किम सार्वजनिक रूपमा देखिएपछि ट्रम्पले भनेः खुशी लाग्यो

मृत्युको हल्लाबीच किम सार्वजनिक रूपमा देखिएपछि ट्रम्पले भनेः खुशी लाग्यो

नेपालखबर
बैशाख २१, २०७७ आइतबार ६:५०,

ट्रम्पले ट्वीट गर्दै उत्तर कोरियाली नेता किम जोङ उन पुनः सार्वजनिक रूपमा उपस्थित भएकोमा र स्वस्थ देखिएकोमा आफूलाई खुशी लागेको बताएका हुन्।

किम गम्भीर बिरामी परेको र उनको मृत्यु भएको भनेर हल्ला चलेको २० दिनपछि किमले एउटा रासायनिक मल उद्योगको उद्घाटन समारोहमा उपस्थित भएको विवरण उत्तर कोरियाली संचारमाध्यमले शनिबार सार्वजनिक गरेका थिए।

ट्रम्पले ट्वीटमा भनेका छन्,‘उनी फेरि फर्किएकोमा र स्वस्थ देखिएकोमा म खुशी छु।’

उत्तर कोरियाका संस्थापक नेता किमका हजुरबा किम सङको नाममा अप्रिल १५ तारिखमा मनाइने उत्सवमा किम जोन उन अनुपस्थित भएपछि उनको स्वास्थ्य अवस्थालाई लिएर आशंका सुरु भएको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .