नेकपा (एमाले)को एघारौँ महाधिवेशनमा भूगोलबाट केन्द्रीय सदस्यमा अध्यक्ष केपी शर्मा ओली पक्षकै प्यानल आएको छ भने ईश्वर पोखरेल पक्षका सबै उम्मेदवार पराजित भएका छन्।
एमाले केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार, सातै प्रदेश र राजधानी विशेष प्रदेशबाट सबै समूहमा ओली पक्षकै उम्मेदवार निर्वाचित भएका छन्। सातै प्रदेशबाट खुल्ला, युवा र महिलामा ओली पक्षका उम्मेदवारले जितेका छन्।
प्रदेशमा खुलातर्फ पाँच, युवा एक र महिला तीन जना केन्द्रीय सदस्य हुने व्यवस्था रहेको थियो। सबै गरेर ७२ केन्द्रीय सदस्य निर्वाचित भएका हुन्।
त्यस्तै, भूगोलतर्फ सम्पर्क समन्वय प्रदेशमा पनि ओली पक्षकै उम्मेदवार निर्वाचित भएका छन्। सम्पर्क समन्वय प्रदेशमा खुलाबाट तीन र महिला एक जना केन्द्रीय सदस्य रहने व्यवस्था छ। चारै जना ओली पक्षकै उम्मेदवार निर्वाचित भएका छन्।
Shares

प्रतिक्रिया