नेकपा (एमाले)को उपमहासचिवमा लेखराज भट्ट, रघुवीर महासेठ र योगेश भट्टराई निर्वाचित भएका छन्।
एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार, उपमहासचिवमा निर्वाचित लेखराजले १ हजार ४५२, रघवीरले १ हजार ३६८ र योगेशले १ हजार ३४८ मत पाएका छन्। एमालेमा तीन जना उपमहासचिव रहने व्यवस्था छ।
उपमहासचिवमा ७ जनाको उम्मेदवारी परेको थियो। ओली निकट नेता विष्णु रिमाल चौथो नम्बरमा रहे। उनले एक हजार ९१ मत पाए।
त्यस्तै, पाँचौँ नम्बरमा रहेका आनन्दप्रसाद पोखरेलले ६३५ र छैटौँ रहेका वैजनाथ चौधरीले ५१७ मत पाए। त्यस्तै, अन्तिममा रहेका राजेन्द्रप्रसाद गौतमले २७० मत पाएका छन्।
उपमहासचिवको मतः
लेखराज भट्ट : १४५२
रघुवीर महासेठ : १३६८
योगेस भट्टराई : १३४८
विष्णुप्रसाद रिमाल : १०९१
आनन्दप्रसाद पोखरेल : ६३५
वैजनाथ चौधरी : ५१७
राजेन्द्रप्रसाद गौतम : २७०
Shares

प्रतिक्रिया