नेकपा एमालेको ११औँ महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ।
हालसम्म १,१३९ मत गनिँदा अध्यक्षमा केपी शर्मा ओलीले ८४३ मत प्राप्त गर्दै ईश्वर पोखरेल (२९६) भन्दा दोब्बरभन्दा बढी मतान्तरले अग्रता लिएका छन्।
उपाध्यक्षतर्फ पृथ्वी सुब्बा गुरुङ (९००), विष्णुप्रसाद पौडेल (८४६), रामबहादुर थापा बादल (७७४), गोकर्णराज विष्ट (७१३) र रघुजी पन्त (६१७) अग्रपंक्तिमा देखिएका छन्।
महासचिवमा शंकर पोख्रेलले ६१३ मत ल्याउँदै सुरेन्द्र प्रसाद पाण्डे (५२६) भन्दा अघि छन्। उपमहासचिवमा लेखराज भट्ट (७३४), योगेश भट्टराई (७०९) र रघुवीर महासेठ (६८९) ले अग्रता लिएका छन्।
सचिव पदमा महेश बस्नेत (७८३), पद्माकुमारी अर्याल (७७८), छविलाल विश्वकर्मा (७६९), शेरधन राई (७६७) र खगराज अधिकारी (६८०) सहित ओली पक्षका उम्मेदवारहरू अगाडि देखिएका छन्।
अध्यक्ष
केपी शर्मा ओली – ८४३
ईश्वर पोखरेल – २९६
उपाध्यक्ष
पृथ्वी सुब्बा गुरुङ – ९००
विष्णुप्रसाद पौडेल – ८४६
रामबहादुर थापा ‘बादल’ – ७७४
गोकर्णराज विष्ट – ७१३
रघुजी पन्त – ६१७
गुरु प्रसाद बराल – ५८५
विन्दा पाण्डे – ४७४
पर्शुराम मेघी गुरुङ – ३३४
अरुण नेपाल – २२३
टकंप्रसाद कार्की – १८६
भीमप्रसाद आचार्य – १४३
महासचिव
शंकर पोख्रेल – ६१३
सुरेन्द्र प्रसाद पाण्डे – ५२६
उपमहासचिव
लेखराज भट्ट – ७३४
योगेश भट्टराई – ७०९
रघुवीर महासेठ – ६८९
विष्णुप्रसाद रिमाल – ५४०
आनन्दप्रसाद पोख्रेल – ३३४
वैजनाथ चौधरी – २७१
राजेन्द्र प्रसाद गौतम – १४०
सचिव
महेश बस्नेत – ७८३
पद्मा कुमारी अर्याल – ७७८
छविलाल विश्वकर्मा – ७६९
शेरधन राई – ७६७
खगराज अधिकारी – ६८०
हिक्मत कुमार कार्की – ६७२
यामलाल कँडेल – ६२६
राजन भट्टराई – ५८१
भानुभक्त ढकाल – ५५२
गोकुलप्रसाद बास्कोटा – ५२८
ठाकुर प्रसाद गैरे – ४६२
रचना खड्का – ४५९
कर्णबहादुर थापा – ४४४
लाल बाबु पण्डित – ३९९
अग्नि प्रसाद खरेल – ३७७
विनोद प्रसाद ढकाल – ३५५
कृष्ण गोपाल श्रेष्ठ – ३२५
पेम्वा लामा – २५५
पुर्सोतम पौडेल – २३०
इन्द्रलाल सापकोटा – २०९
Shares

प्रतिक्रिया