नेकपा एमालेको ११औँ महाधिवेशनको मतगणना जारी छ।
भृकुटीमण्डपमा जारी मतगणना चलिरहँदा अहिलेसम्म ईश्वर पोखरेल पक्षबाट १९ पदाधिकारीमध्ये २ जनाले मात्र सम्भावना देखाएका छन्।
पोखरेल पक्षबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईले आफूलाई कोटाभित्र पार्न सफल भएका हुन्।
बाँकी पदाधिकारीका सबै स्थानमा ओली पक्षका उम्मेदवार नै अगाडि बढिरहेका छन्।
यसैबीच माओवादी छाडेर एमाले बनेका रामबहादुर थापा ‘बादल’ अहिलेसम्मको मतपरिणामअनुसार तेस्रो नम्बरमा छन्।
अर्थात् पाँच उपाध्यक्षको कोटाभित्र उनी पनि परेका छन्।
एमालेको संशोधित विधानअनुसार यो चुनावबाट पाँच उपाध्यक्ष चुनिनेछन्।
उपाध्यक्षमा अहिलेसम्मको अपडेट:
पृथ्वीसुब्बा गुरुङ ३५६
विष्णुप्रसाद पौडेलले ३४९
रामबहादुर थापा ‘बादल’ ३०९
रघुजी पन्त २५३
गुरुप्रसाद बराल २४२
बिन्दा पाण्डे : १६९
अरुण नेपाल : ८९
टकंप्रसाद कार्की : ७५
पर्शुराम मेघी गुरुङ : ८६
भीमप्रसाद आचार्य : ५१
Shares

प्रतिक्रिया