हिजो घटेको सुनको मूल्य आज फेरि बढेको छ।
सुनको मूल्य आज तोलामा सातसय रुपैयाँ बढेर दुई लाख ६० हजार चारसय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको सोमबार हालसम्मकै सबैभन्दा महँगो बनेको सुनको मूल्य गएको मंगलबार र बुधबार घटेको थियो।
सुनको मूल्य हिजो तोलाको दुईसय रुपैयाँ घटेर दुई लाख ५९ हजार सातसय रुपैयाँमा झरेको थियो।
त्यसैगरि मंगलबार सुनको भाउ तोलामा एक हजार सातसय रुपैयाँ घटेको थियो।
गएको मंसिर २९ गते सुनको मूल्य तोलाको दुई लाख ६० हजार सातसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।
आज चाँदीको मूल्य पनि बढेको छ।
प्रतितोला २५ रुपैयाँ बढेर चाँदीको मूल्य आज तोलाको चार हजार ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ। चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा बढी हो।
Shares

प्रतिक्रिया