नेकपा एमालेको ११ औँ महाधिवेशनको मतगणना चलिरहेको छ।
भृकुटीमण्डपमा जारी प्रारम्भिक मत परिणामअनुसार अधिकांश पदमा केपी ओली पक्षको अग्रता छ।
तर केही पदमा ईश्वर पोखरेल प्यानलका उम्मेदवारले अग्रता लिएका छन्।
उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराईले अग्रता लिएका छन्।
उपमहासचिवमा योगेश भट्टराईले अग्रता लिँदा ओलीका विश्वासपात्र विष्णु रिमाल भने पछि परेका छन्।
रिमाल ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार थिए।
तीनजना उपाध्यक्षमा ओलीको टिमबाट लेखराज भट्ट, रघुवीर महासेठ र विष्णुप्रसाद रिमाल उम्मेदवार छन्।
भट्ट ४४० मतसहित अगाडि हुँदा महासेठले ३९३ र भट्टराईले ४०४ मत पाएका छन्।
रिमालले भने अहिलेसम्म ३२५ मत मात्र ल्याएका छन्।
यस्तै आनन्द पोखरेलले २०४ र वैजनाथ चौधरी १५१ मत पाएका छन्।
687
Shares

प्रतिक्रिया