राजनीति


एमाले मतगणना : उपाध्यक्षमा पोखरेल प्यानलबाट विष्टलाई अग्रता

एमाले मतगणना : उपाध्यक्षमा पोखरेल प्यानलबाट विष्टलाई अग्रता

नेपालखबर
पुस ३, २०८२ बिहिबार १०:५९, काठमाडौँ

नेकपा एमालेको ११ औँ महाधिवेसनमा मतगणना चलिरहेको छ। प्रारम्भिक मत परिणाम अनुसार ईश्वर पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्णराज विष्टले अग्रता लिएका छन्।

५ जना उपाध्यक्ष मध्ये अरु चार जना केपी ओली पक्षकै अग्रता छ। उपाध्यक्षमा विष्णु प्रसाद पौडेल (१७३), प्रथ्वी सुव्वा गुरुङ (१७१), रामबहादुर थापा बादल (१५३), गोकर्णराज विष्ट (१३३) र रघु जी पन्त १२३ मतसहित अगाडी छन्।

उपाध्यक्षमा गुरुप्रसाद बराल (१०९), अरुण नेपाल (३८), टकंप्रसाद कार्की (४३) पर्शुराम मेघि गुरुङ (४७), भिमप्रसाद आचार्य (२७) र विन्दा पाण्डेले हालसम्म ९८ मत पाएकी छन्।

अध्यक्षमा १५६ मतसहित ओलीले अग्रता लिँदा पोखरेलको ६७ मत छ। महासचिवमा पनि ओली प्यानलकै शंकर पोखरेल ११५ मतसहित अगाडी छन्। सुरेन्द्र पाण्डेको १०८ मत छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad