राजनीति


साढे २१ घन्टामा सकियो एमालेको मतदान, ३६ भोट खसेन

साढे २१ घन्टामा सकियो एमालेको मतदान, ३६ भोट खसेन

फाइल तस्बिर


नेपालखबर
पुस ३, २०८२ बिहिबार ७:१७, काठमाडौँ

एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सकिएको छ। 

एमालेको एघारौँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि बुधबार बिहानदेखि मतदान सुरु भएको थियो। केहीबेरअघि मात्रै मतदान सकिएको हाे। 

एमालेका कुल दुई हजार दुई सय ६३ मतदातामध्ये दुई हजार दुईसय २७ मत मात्रै खसेको छ। विभिन्न कारणले ३६ जना मतदाता उपस्थित हुन नसकेका निर्वाचन आयोगले जनाएको छ। 

बुधबार बिहान नौ बजेर २० मिनेटमा मतदान सुरु भएको थियो।  ८० वटा विद्युतीय मेसिनबाट भएको मतदान सकिन साढे २१ घन्टा लागेको हाे। 

एमालेको नयाँ नेतृत्वका लागि हालका अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्। दुवैको प्यानलमा नपरेकाहरुले स्वतन्त्र रुपमासमेत उम्मेदवारी दिएका छन्।

उम्मदेवारको लिस्ट लामो भएकाले मतदान गर्न समय लागेको मतदाताले बताएका छन्। 

एक जना मतदातालाई कम्तीमा आधाघण्टादेखि बढीमा सबा दुई घण्टासम्म मतदानमा समय लागेको थियो। 

निर्वाचन आयोगले केही बेरमै मतगणना सुरु हुने र करिब तीन घण्टासम्ममा नतिजा आइसक्ने जनाएको छ। 

 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad