राजनीति


एमाले मतदान अपडेट : अब १०० जति मत खस्न बाँकी

एमाले मतदान अपडेट : अब १०० जति मत खस्न बाँकी

नेपालखबर
पुस ३, २०८२ बिहिबार ५:४७, काठमाडौँ

नेकपा एमालेको जारी ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्न बुधबार बिहान ९ बजेदेखि जारी  मतदान अझै (बिहीबार बिहानसम्म) सकिएको छैन। 

एमालेको केन्द्रीय निर्वाचन आयोगका सचिव डा कुन्साङ लामाले अब सयजति मत खस्न बाँकी रहेको जानकारी दिए। 

आज (बिहीबार) बिहान ५:४३ बजे नेपालखबरसँग उनले भने, ‘सबै जना भित्र पसिसक्नुभएको छ, अब मेसिनमा सयजति मत खस्न बाँकी होला। अरू एक घण्टा लाग्ला कि?’

आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी एमाले महाधिवेशनमा बुधबार बिहान सवा ९ बजे मतदान सुरु भएको थियो। रातभर निरन्तर मतदान गर्दा पनि यो खबर बनाउँदासम्म जारी छ। 

एमाले महाधिवेशनमा कुल २ हजार २६३ मतदाता छन्। 

जारी महाधिवेशनमा केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित अध्यक्ष पदका लागि चुनावी मैदानमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad