श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले नेपाल-भारत सीमबारे प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा बोलेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को धारणा मागेका छन्।
शनिबार सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई खुलापत्र लेख्दै प्रतिनिधिसभा सदस्य साम्पाङले प्रधानमन्त्रीले भनेको नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने विषयमा पार्टीको धारणा सार्वजनिक गर्न माग गरेका हुन्।
पत्रमा साम्पाङले लेखेका छन्, ‘मिति २०८३-२-१७ गते बसेको प्रतिनिधिसभाको बैठकमा तपाईंको पार्टी सदस्य तथा नेपाल सरकारको प्रधानमन्त्री बालेन्द्र शाहले सांसदहरूले सोधेका प्रश्नहरूको उत्तर दिने क्रममा ‘नेपालले पनि भारतको सीमा धेरै ठाउँमा मिचेको छ’ भन्ने अभिव्यक्ति दिनुभएको सम्बन्धमा तपाईंको पार्टीको आधिकारिक धारणा के हो? सो सार्वजनिक गरिदिन यो खुलापत्र मार्फत अनुरोध छ।’
हेर्नुहोस् पत्र

Shares

प्रतिक्रिया