प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि चिनियाँ राजदूत छन सोङले बुधबार भेट गरेका छन्।
आफ्नो कार्यकाल सकेर स्वदेश फर्किन लागेका सोङले सिंहदरबार पुगेर प्रधानमन्त्री कार्कीसँग बिदाई भेट गरेका हुन्। भेटका क्रममा नेपाल र चीनबीचको सम्बन्धका विविध आयाम र द्विपक्षीय हितका विषयमा छलफल भएको छ।
राजदूत सोङले चीन नेपालको घनिष्ट मित्र भएकाले नेपालको विकास निर्माणका हरेक पक्षमा सहयोग गर्दै आएको र भविष्यमा पनि सहयोग निरन्तर रहने उल्लेख गरे।
प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्किन लागेका राजदूत सोङलाई बधाई तथा सफल यात्राको कामना गरेकी छन्। यससँगै प्रधानमन्त्री कार्कीले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको र नेपाली भूमिबाट चीनको राष्ट्रिय हितविपरीत कुनै पनि गतिविधि हुन नदिने विश्वास दिलाइन्।
चीनबाट सदा झैँ नेपालको विकास निर्माणमा साथ, समर्थन र सहयोग प्राप्त हुने आशा पनि पनि व्यक्ति गरिन्।
Shares

प्रतिक्रिया