राजनीति


एमाले चुनाव : सुरु हुँदै मतदान

एमाले चुनाव : सुरु हुँदै मतदान

नेपालखबर
पुस २, २०८२ बुधबार ७:४५, काठमाडौँ

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि अहिले बिहान ८ बजेदेखि मतदान हुँदै छ। 

काठमाडौँको भृकुटीमण्डपमा जारी एमालेको ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यका उम्मेदवार तथा वर्तमान स्थायी कमिटी सदस्य शेरबहादुर तामाङका अनुसार अब पछिल्लोपटक निर्धारित समयमै बिहान ८ बजे मतदान सुरु हुनेछ। 

‘सबै प्राविधिक तयारी राति नै सकिएको छ’, बुधबार बिहान उनले नेपालखबरसँग भने, ‘अब मतदानको समय सर्दैन, बिहान ८ बजे नै सुरु गर्ने तयारी भइरहेको छ।’  

यसअघि भने प्राविधिक तयारी नपुगेको भन्दै मतदानको समय पटकपटक सारिएको थियो। 

मतदान विद्युतीय भोटिङ मेसिनमार्फत हुँदै छ। 

एमाले नेतृत्वका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा छन्।

आजको चुनावबाट ३०१ सदस्यीय केन्द्रीय कमिटीमा पदाधिकारीतर्फ अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र ९ जना सचिव चुनिँदै छन्। अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलसहित ६ सय ५० हाराहारी उम्मेदवार छन्। तर यसबीच कतिपय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन्।  

७. कसरी मतदान हुन्छ ?

  • टच स्क्रिन डिस्प्लेः मतदान गर्न बुथभित्र प्रवेश गरेपछि त्यहाँ निर्वाचन आयोगले प्रमाणित गरेका मेसिनको टच स्क्रिन डिस्प्ले देखिन्छ। टच स्क्रिन प्यानलमा उम्मेदवारको नाम फोटोसहित देखिन्छ। मतदाताले आफूले चाहेको उम्मेदवारको फोटोमा थिचेर वा टच गरेर मत जाहेर गर्नुपर्छ। आफूले चाहेको उम्मेदवारलाई मतदान गरिसकेपछि  उम्मेदवारको फोटोमा स्वष्तिक चिन्ह देखिन्छ। यो भनेको तपाइँको मतदान सदन भयो भनेको हो।
  • क्रमैसँग मतदानः निर्वाचन आयोगले प्रमाणिकरण गरेको मेसिनमा माथिदेखि तल अर्थात् अध्यक्षदेखि केन्द्रीय सदस्यको अर्डरमा उम्मेदवारको नाम रहेका छन्। पदीय मर्यादाक्रमअनुसार पहिलोलाई मतदान गरेपछि मात्र दोस्रोलाई मतदान गर्न पाइन्छ। जस्तोः अध्यक्ष, उपाध्यक्ष, महासचिव... क्रमैसँग।
  • सफल भएको सन्देशः सबै उम्मेदवारलाई गरेको मतदान नम्बरलाई पहिला मेसिनको गणना एकाईले रेकर्ड गर्छ। मतदान सफल भएको संकेत दिन ‘बिप’ आवाज अथवा अडियो सन्देश सुनाउँछ।

८.कतिवटा हुने छन् भोटिङ मेसिन  ?
मतदान स्थलमा ८० वटा मेसिन रहेका छन्। एउटा मेसिनमा मतदान गर्न छिरेको मतदाताले त्यही मेसिनमा सबै उम्मेदवारलाई मतदान गर्नुपर्छ।

९. मत परिणाम कहिले आउला ?
मतदान गर्न धेरै समय लागे पनि गणनामा धेरै समय लाग्दैन। मेसिनमा मतदान हुने भएकाले ८० वटा मेसिनमा भएको मत संख्या जोड्दा, निर्वाचन आयोगले प्रमाणीकरण गर्दा ४-५ घण्टा समय लाग्न सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad