राजनीति


यातायात बन्द नगरीकनै प्रतिनिधि सभा सदस्य निर्वाचन गर्ने आयोगको तयारी

यातायात बन्द नगरीकनै प्रतिनिधि सभा सदस्य निर्वाचन गर्ने आयोगको तयारी

निर्वाचन आयुक्त सगुन शमशेर जबरा


नेपालखबर
पुस १, २०८२ मंगलबार १७:३४, काठमाडौँ

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन सवारी आवागमनमा रोक नलगाउने गरी निर्वाचन आयोग तयारीमा जुटेको छ। 

मंगलबार आयोगमा आयोजित छलफलमा बोल्दै निर्वाचन आयुक्त सगुन शमशेर जबराले यस्तो जानकारी दिएका हुन्। उनले विगतका निर्वाचनहरूमा दलहरूले अनावश्यक व्यक्ति ओसारपोसार गर्ने आशंकाका कारण सवारी आवागमनमा रोक लगाउने गरिए पनि यो पटक यातायात बन्द नगरिकनै निर्वाचनको तयारीमा आयोग जुटेको बताए।

विश्वका कतिपय मुलुकहरूमा यातायात बन्द गरेर निर्वाचन नहुने अभ्यास रहेको भन्दै नेपालमा पनि सोहीअनुसार अघि बढ्ने तयारी भइरहेको उनको तर्क छ। 

उनले भने, ‘हामी सकेसम्म यो पटक निर्वाचनको दिनपनि सवारी आवागमनमा रोक नलगाउने पक्षमा छौँ। नचाहिने मान्छेहरु ओसारपोसार गर्छन् भनेर हामीले विगतमा सवारी आवागमनमा रोक लगाउने निर्णय गर्ने गरेका थियौँ। तर संसारमा कतैपनि यातायात बन्द गरेर निर्वाचन हुँदैन भन्ने छ। तर हामीकहाँ त्यो कुरा लागू हुँदैन। स्थानीय तहमा राजनीतिक दलहरु र उम्मेदवारहरूले पनि भोटरहरूलाई मतदानस्थलमा लैजाने व्यवस्था मिलाउन सक्छन्। तर निर्वाचन आयोगले नै बस नै चलाएर अपांगता भएका लगायतका व्यक्तिहरूलाई सेवा दिनसक्ने अवस्था छैन।’

उनले स्थानीय तहमा राजनीतिक दल तथा उम्मेदवारहरूले मतदातालाई मतदानस्थलसम्म पुर्याउने व्यवस्था गर्नसक्ने भएपनि आयोग आफैंले बस सञ्चालन गरेर अपांगता भएका लगायतका व्यक्तिलाई सेवा दिनसक्ने अवस्था भने नरहेको स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad