जेनजी आन्दोलनका एक अगुवा सुदन गुरुङले संविधान संशोधन गर्ने सर्तमा प्रतिनिधि सभा पुनःस्थापना गर्न सकिने बताएका छन्।
कान्तिपुर टेलिभिजनको फायरसाइडमा कुरा गर्दै उनले पहिलोपटक संसद् ब्युँताउन सकिने धारणा राखेका हुन्।
पत्रकार रुपेश श्रेष्ठसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘संसद् ब्युँताएर, हाम्रो एजेन्डा पास गरेर, चुनावको मिति घोषणा गरेर र त्यो संसद् विघटन गरेर बल्ल नागरिकको सरकार बनाएर हामी जान सक्ने पक्षमा छौँ।’
यस क्रममा गुरुङले प्रतिनिधिसभा र राष्ट्रिय सभामा आफूहरूलाई ७० प्रतिशत हिस्सा दिनुपर्ने माग पनि गरेका छन्।
627
Shares

प्रतिक्रिया