कला


‘वैकुण्ठ यात्रा-२’ अब डिशहोम गो एपमा प्रसारण हुने

‘वैकुण्ठ यात्रा-२’ अब डिशहोम गो एपमा प्रसारण हुने

नेपालखबर
पुस १, २०८२ मंगलबार १५:४६, काठमाडौँ

सरोज खनाल अभिनीत नेपाली सिरिज “वैकुण्ठ यात्रा - २” को दोस्रो सिजन डिशहोम गो एपमार्फत दर्शकमाझ आउने भएको छ।

यस सिरिजले भावनात्मक यात्रा, सामाजिक संघर्ष र जीवनदर्शनलाई अझ गहिरो रूपमा प्रस्तुत गर्नेछ। मुख्य कलाकारहरू सरोज खनाल, प्रियारानी लामा, अञ्जु निरौला, नीलम चन्द, प्रवण भुसाल, श्रीदेव बी.एल, रोजी लमिछानेको दमदार अभिनय यस सिरिजमा देख्न पाइनेछ।

यस सिजनमा कुल १८ एपिसोड रहेको छ जसमा प्रेम, मनोभावनात्मक उतार-चढाव र आत्मिक यात्राको निरन्तरता देखाइनेछ। नेपाली दर्शकहरूले अत्यन्तै सहुलियतदरमा उच्च गुणस्तरको डिजिटल मनोरञ्जन पाउन सकून् भन्ने उद्देश्यले नेपालभित्रका दर्शकहरूका लागि सम्पुर्ण एपिसोडको मात्र रु. ४९ र नेपालबाहिर (विदेश) बाट हेर्ने दर्शकहरूका लागि १ डलर मूल्य निर्धारण गरिएको छ।

डिशहोम गो ले नेपाली कन्टेन्टलाई विश्वभर पुर्याउने आफ्नो दृष्टिकोणलाई अघि बढाउँदै, स्थानीय सिर्जना र कलाकारहरूलाई विश्वव्यापी स्तरमा जोड्ने लक्ष्य अघि सारेको छ। बैकुण्ठ यात्रा-२ ले यस यात्रालाई थप मजबुती दिने विश्वास कम्पनीले लिएको छ।

यो सिरिज डिशहोम गो एप मार्फत नेपाल तथा विदेश सबै ठाउँबाट हेर्न सकिनेछ। डिशहोम गो एप एन्ड्रोइड र आईओएस दुवैमा उपलब्ध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad