राजनीति


पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा भुसाल मनोनयन

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा भुसाल मनोनयन

नेपालखबर
मंसिर २९, २०८२ सोमबार २१:५८, काठमाडौँ

पशुपति क्षेत्र विकास कोषको सदस्यसचिव पदमा कपिलवस्तुका प्रकाशमणि शर्मा भुसाल मनोनयन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। 

पशुपति क्षेत्र विकास कोष ऐन, २०४४ बमोजिम संस्कृतिमन्त्री अनिलकुमार सिन्हाले आज सो निर्णय गरेको मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले जानकारी दिए। 

कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहने मन्त्रीले नै कार्यकारी प्रमुखका रुपमा सदस्य सचिवको नियुक्ति गर्ने व्यवस्था ऐनमा रहेको पनि उनले बताए। कोषका सदस्य सचिवको कार्यकाल चार वर्ष तोकिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad