राजनीति


एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्

एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्

फाइल फोटो


नेपालखबर
मंसिर २९, २०८२ सोमबार १६:४०, काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन हुँदैन भनि भ्रम फैल्याउने काम गरे सैह्य नहुने चेतावनी दिएका छन्।

सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। मन्त्री अर्यालले एमालेलाई लक्षित गर्दै निर्वाचनबाट भाग्ने र हुँदैन भनेर भ्रम फैल्याउने र सुशासनलाई कमजोर बनाउने काम गर्नु, गराउन न्यायोचित नहुने पनि स्पष्ट पारे।

उनले वर्तमान सरकार निर्वाचन गराउने गरी बनेको उल्लेख गर्दै त्यस कामलाई सम्पन्न गर्न लागि परेको बताए। 

उनले भने,‘निर्वाचनबाट भाग्ने, निर्वाचन हुँदैन भनि भ्रम फैल्याउने र सुशासनलाई कमजोर बनाउने काम कहीँकतैबाट पनि गर्नु र गराउन न्यायोचित हुँदैन। यो सरकारको निर्माण नै निर्वाचनमार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्य अनुरुप भएको हो।’

मन्त्री अर्यालले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउन र जनताले अनुभूति हुनेगरी निष्पक्ष ढंगबाट कार्य सम्पादन गराउने गरी आवश्यक योजना तयार गरी कार्यान्वयनमा लैजान पनि सुरक्षा निकायहरुलाई निर्देशन दिए।    

मन्त्री अर्यालले जनताले महशुस गर्नेगरी आफ्नो काममा सुधार गर्न पनि सुरक्षा निकायहरुलाई सचेत गराए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad