राजनीति


ओली प्यानलमा पदाधिकारी नपाएपछि राजेन्द्र गौतम असन्तुष्ट, उपमहासचिव लड्ने

गणेश प्रवृत्तिविरुद्ध मेरो उम्मेदवारी हो
ओली प्यानलमा पदाधिकारी नपाएपछि राजेन्द्र गौतम असन्तुष्ट, उपमहासचिव लड्ने

नेपालखबर
मंसिर २९, २०८२ सोमबार १४:४१, काठमाडौँ

नेकपा एमालेको स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले ११ औँ महाधिवेशनमा उपमहासचिव पदमा उम्मदवारी दिने बताएका छन्।

अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा केन्द्रीय सदस्यमा मात्रै परेपछि उनले त्यसमा असन्तुष्टि जनाएका हुन्। उनी सचिव पदका दाबेदार थिए। 

ओलीले कोसी प्रदेशबाट हिक्मत कार्की र भानुभक्त ढकालालई सचिवको उम्मेदवार बनाउँदा आफूलाई केन्द्रीय सदस्यको सूचीमा मात्रै राखेपछि उनले स्वतन्त्ररुपमा लड्ने घोषणा गरेका हुन्।

‘म उपमहासचिव पदमा स्वतन्त्ररुपमा उम्मेदवारी दिन्छु,’ गौतमले भने, ‘पुष्पलाल, मदन भण्डारी र केपी ओलीको उम्मेदवार हुँ।’

‘जनताको बहुदलीय जनवादको रक्षा र गणेश प्रवृत्तिविरुद्ध मेरो उम्मेदवारी हो,’ उनले थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad