नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्षका केही नेतालाई पहिलो पटक पदाधिकारीमा ल्याउन लागेका छन्।
ओली पक्षले सोमबार बिहान पदाधिकारीको सूची सार्वजनिक गरेको छ। जसमा केही नेतालाई पुरानै पदमा दोहोर्याउन लागिएको छ भने केही नयाँ अनुहार रहेका छन्।
अध्यक्ष ओली पक्षबाट भानुभक्त आचार्य उपमहासचिवको उम्मेदवार रहेका छन्। स्थायी कमिटी सदस्य रहेका आचार्य एकै पटक उपमहासचिवमा उम्मेदवार बन्न लागेका हुन्।
त्यस्तै सचिवमा पनि ६ जना नयाँ अनुहार उम्मेदवार बन्न लागेका छन्। हाल कर्णाली प्रदेशका मुख्यमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य यमलाल कँडेल, कोशी प्रदेशका मुख्यमन्त्री समेत रहेका स्थायी कमिटी सदस्य हिक्मत कार्की तथा स्थायी समिति सदस्यहरू शेरधन राई र राजन भट्टराईलाई पहिलो पटक सचिवमा उम्मेदवार बनाउने ओलीले निर्णय गरेका छन्।
यस्तै, पोलिव्युरो सदस्य महेश बस्नेतलाई पनि ओलीले सचिव पदको उम्मेदवार बनाएका छन्।
यसैगरी गण्डकीका पूर्वमूख्यसचिव खगराज अधिकारी पनि ओलीको पक्षबाट सचिव पदका उम्मेदवार बनाइएका छन्।
नयाँ नेतृत्व चयनका लागि पुस १ गते मतदान हुँदै छ।
Shares

प्रतिक्रिया