राजनीति


सबै कुरा बाह्य षड्यन्त्रलाई जिम्मा लगाउने सोच गलत हो : पोखरेल

गलत कार्यशैलीकै कारण पार्टी एकतावद्ध भएर जाने अवस्था नरहेको निष्कर्ष
सबै कुरा बाह्य षड्यन्त्रलाई जिम्मा लगाउने सोच गलत हो : पोखरेल

नेपालखबर
मंसिर २८, २०८२ आइतबार १७:५६, काठमाडौँ

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्ना कमजोरीमा बाह्य षडयन्त्र हो भनेर पन्छिन नहुने बताएका छन्।

आइतबार एमालेको ११ औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै पार्टी सञ्चालनका विषयमा आत्मसमीक्षाको आवश्यकतामा जोड दिए।

‘सबै कुरा बाह्य षड्यन्त्रलाई जिम्मा लगाएर हाम्रो कार्यभार सकियो भन्ने सोच गलत हो,’ पोखरेलले भने, ‘पाँचौँ महाधिवेशनपछि पार्टी किन फुट्यो भन्ने विषयमा गम्भीर छलफल नै भएन।’

गत भदौ २२ र २३ गते को जनेजी आन्दोलनप्रति लक्षित गर्दैै पोखरेलले कमजोरी स्वीकार गर्नुपर्नेमा जोड दिए। ‘हामीसँग राज्य संयन्त्र थियो, तर असफल भयौँ भने कमजोरी हाम्रो पनि थियो,’ उनले भने, ‘त्यसतर्फ गम्भीर ध्यान दिनैपर्छ।’

विगतका महाधिवेशनहरूको स्मरण गर्दै पोखरेलले अहिले पनि फरक मतलाई स्वीकार गरेर जानुपर्ने बताए ।‘पाँचौँ महाधिवेशनमा जबज प्रस्ताव गरिएको थियो र फरक मतको संरक्षण गर्ने ग्यारेन्टी गरिएको थियो,’ उनले भने, ‘फरक मतलाई स्वीकार गर्ने विषय आज पनि उत्तिकै सान्दर्भिक छ।’

पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति पनि प्रश्न उठाए। कार्यशैलीकै कारण अहिले पार्टी एकताबद्ध भएर जान बाधा भइरहेको उनले आरोप लगाए।

‘आजकै कार्यशैलीले पार्टीलाई अविछिन्न क्रान्तिकारी बाटोतर्फ लैजान बाधा पुर्‍याइरहेको छ,’ पोखरेलले भने, ‘अब हामी नीति र विधान अनुसार नै अघि बढ्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad