राजनीति


मन्त्रालयमा जेन–जी कक्ष राख्छौँ: श्रममन्त्री भण्डारी

मन्त्रालयमा जेन–जी कक्ष राख्छौँ: श्रममन्त्री भण्डारी

नेपालखबर
मंसिर २८, २०८२ आइतबार १६:५८, काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले युवाहरूको रोजगारी व्यवस्थापनको लागि मन्त्रालयमा नै जेन–जी कक्ष राखेर काम गर्ने बताएका छन्।

मन्त्रालयमा जेन–जीका अगुवाहरूसँग आइतवार भएको छलफलमा उनले यस्तो बताएका हुन्। मन्त्रालयमा जेन–जीको समेत प्रतिनिधित्व रहनेगरी सेल स्थापना गर्ने उनको भनाई छ।

उक्त सेलले रोजगारीका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने, सीपयुक्त जनशक्तिको लागि तालिम केन्द्रसँग समन्वय गर्ने उनले बताए। जेन–जी सेल स्थापना गर्नको लागि आफूले निर्देशन दिएको जानकारी दिनुहुँदै मन्त्रालयले चाँडै नै तयारी थाल्ने उल्लेख गरे। 

उनले रोजगारी र सुरक्षा हालको मुख्य विषय रहेकोले यसको लागी आफूले सक्दो प्रयास गर्ने उनले प्रतिवद्धता पनि जनाए। 

उनले भने, ‘एउटा जेन–जीको सेल नै यहीँ (मन्त्रालयमा) राख्ने, त्यो सेल राखेर रोजगार सम्बन्धीका सम्पूर्ण कुराहरू उहाँसँग छलफल गर्ने र उहाँहरुकै साथ र सहयोग लिएर हामीहरुरूले रोजगारको लागी प्राईभेट सेक्टरमा कसरी जान सकिन्छ, टे«निङका सेन्टरसँग कसरी जान सकिन्छ, तत्काल दिनुपर्ने राहतका कुराहरु केके हुन सक्छन्, त्यसका लागी जेनजी सेलकै मैले यहाँ एउटा कुनै उपस्थिति, प्रतिनिधित्व रहने गरेर।’ 

उनले प्रधानमन्त्री सुशिला कार्कीले जेनजीको भावनाअनुरुप काम गर्न निर्देशन दिएकोले सोहीअनुसार आफूले काम गर्ने पनि जानकारी दिनुभयोदाबी गरे। आफ्नो पहिलो प्राथमिकतामा नै जेन–जी हुने उनको भनाई छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad