राजनीति


हिमाली क्षेत्रको फोहोर सफा गर्ने नवनियुक्त पर्यटनमन्त्री सिन्हाको पहिलो निर्णय

हिमाली क्षेत्रको फोहोर सफा गर्ने नवनियुक्त पर्यटनमन्त्री सिन्हाको पहिलो निर्णय

नेपालखबर
मंसिर २८, २०८२ आइतबार १७:१७, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले आफू कुनैपनि खालको दबाब लिने पक्षमा नरहेको बताएका छन्।

आइतबार सिंहदरबारमा पदभार ग्रहण गर्ने क्रममा उनले सञ्चारकर्मीहरूमाझ संक्षिप्त प्रतिक्रिया दिँदै सो प्रतिक्रिया दिएका हुन्। मन्त्री सिन्हाले आफू मातहतको संस्थाहरूको नेतृत्व चयन प्रक्रिया सोही संस्थाको हितमा केन्द्रित हुनेगरी गर्ने समेत बताए।

कसैको दबाब र प्रभावमा परेर आफूले संस्थाहरूको नेतृत्व नियुक्ति नगर्ने उनको भनाई थियो। मन्त्री सिन्हाले सञ्चार माध्यामहरूले दिने सूचनाहरू आफ्नो कार्य सम्पादनमा प्राथमिकतामा पर्ने समेत स्पष्ट पारे। 
उनले भने,‘मलाई नियुक्ति गरिदेउ भन्ने दबाब पनि छैन। दबाब लिनेवाला पनि छैन। तर जे गर्छु, तत्तत संस्थाहरूको हितमा हुनेगरी काम गर्छु। हिमाली क्षेत्रहरुरूमा भएका जुन फोहोरहरू हुन्छ। ती फोहोरहरू यति जम्मा भएर बसेका थिए। त्यसबारे अदालतले पनि एक पटक आदेश जारी गरेको छ। त्यो आदेशको पालना गर्नका निमित्त जुन कार्यनीति उहाँहरूले बनाउनुभएको छ। त्यसैलाई अहिले स्वीकृति गरेको हुँ।’

त्यस अवसरमा मन्त्री सिन्हाले हिमाली क्षेत्रमा रहेका फोहोरहरू व्यवस्थापन गर्ने सम्बन्धी पहिलो निर्णय पनि गरे। अदालतले समेत सो विषयमा आदेश दिइसकेकाले त्यसलाई कार्यान्वयनमा लैजाने कार्यनीति स्वीकृत गर्ने निर्णय आफूले गरेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad