धादिङको महादेवबेँसीमा माइक्रोबस पुलबाट खस्दा ११ जना घाइते भएका छन्।
प्रहरीका अनुसार आज (शनिबार) दिउँसो पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ख ५०२६ नम्बरको माइक्रोबस ब्रेक फेल भई सडकबाट करिब १५ मिटर तल खसेको हो।
दुर्घटनामा घाइते भएकाहरूलाई स्थानीय र सुरक्षाकर्मीले उद्धार गरी नजिकैका स्वास्थ्य संस्थामा पठाएका छन्।
घाइतेहरूको अवस्था सामान्यदेखि मध्यमसम्म रहेको धादिङ प्रहरीले जानकारी दिएको छ।
दुर्घटनाको कारण ब्रेक फेल भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
117
Shares

प्रतिक्रिया