राजनीति


रिमोटबाट दीप प्रज्वलन, तीन किलोमिटर परसम्म सुन्न सकिनेछ भाषण

रिमोटबाट दीप प्रज्वलन, तीन  किलोमिटर परसम्म सुन्न सकिनेछ भाषण

नेपालखबर
मंसिर २७, २०८२ शनिबार ९:५४, काठमाडौँ

नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आज भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा उद्घाटन हुँदैछ। महाधिवेशनको उद्घाटन रिमोट कन्ट्रोलबाट ऐतिहासिक भन्डा फहराएर हुनेछ।

महाधिवेशनको उद्घाटन समारोहलाई प्रविधिमैत्री बनाइएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोट प्रयोग गरेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

विद्युतीय पाला प्रज्वलन: मञ्चमा बनाइएको चाँगुनारायण मन्दिरको छेउमा राखिएको विद्युतीय पालालाई अध्यक्ष ओलीले रिमोटको माध्यमबाट बालेर महाधिवेशनको विधिवत् उद्घाटन गर्नेछन्।

रिमोटबाठ झण्डा फहराइने: ११औँ महाधिवेशनको प्रतीक ११ वटा झण्डामध्ये १० वटा सुरुमै फहराइनेछ भने एउटा झण्डालाई रिमोटबाटै फहराउने तयारी गरिएको छ।

टाढासम्म रहेका करिब तीन लाख सहभागीले वक्ताले बोलेको स्पष्टसँग देख्न सकून् भनेर मञ्चको दायाँबायाँ ३० फिट अग्ला दुईवटा एलइडी स्क्रिन राखिएका छन्।

तीन किलोमिटर परसम्म सुन्न सकिने गरी ११५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम जडान गरिएको छ, जसले गर्दा सबै सहभागीमाझ आवाज स्पष्ट पुग्नेछ।

महाधिवेशनको मञ्च निर्माणमा नेपालको कला, संस्कृति र इतिहासको भन्डालाई मुख्य स्वरूपमा उतारिएको छ। लिच्छविकालमा राजा हरिदत्तले स्थापना गरेको चाँगुनारायणको ऐतिहासिक मन्दिरलाई मुख्य स्वरूपमा राखेर उपत्यकाका महत्वपूर्ण अन्य मन्दिरहरूलाई समेत एकै ठाउँमा देखाउने गरी ठूलो र कलात्मक मञ्च निर्माण गरिएको छ। मञ्चले नेपालको कलात्मक भन्डाको झलक दिनेछ।

उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा २०० भन्दा बढी कला, संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने तयारी गरिएको छ। यो विविधतापूर्ण भन्डालाई प्रदर्शन गरिनेछ।

उद्घाटन सत्रमा सांगीतिक प्रस्तुति पनि हुनेछ। कलाकारहरूले मञ्चमा नै राष्ट्रिय एकताको प्रतीक झल्काउने सांगीतिक प्रस्तुति दिनेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad