राजनीति


कांग्रेस नेता जिपछिरिङ लामाले भने: म चुनाव लड्दिनँ, तपाईंहरू लड्नुहोस्

कांग्रेस नेता जिपछिरिङ लामाले भने: म चुनाव लड्दिनँ, तपाईंहरू लड्नुहोस्

नेता जिपछिरिङ लामा


नेपालखबर
मंसिर २६, २०८२ शुक्रबार १८:२६, काठमाडौँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ लामाले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेका छन्। उनले दोलखाका पुराना नेता तथा कार्यकर्ताहरूलाई पछि हट्न र नयाँ पुस्तालाई नेतृत्वमा आउनका लागि ठाउँ खाली गरिदिएको बताएका छन्।

'यदि म लड्ने भएँ भने यो सिट (प्रतिनिधिसभा) पक्कै पनि गयो', लामाले जिल्लाका नेता–कार्यकर्तासँगको भेटमा भने, 'त्यसैले मैले तपाईंहरूलाई मौका दिएको हो। तपाईंहरू मिलेर अघि बढ्नुहोस् भनेर यो अवसर दिएको हुँ।'

लामाले दोलखाका कांग्रेस नेता भीमबहादुर तामाङको योगदान र सपनालाई स्मरण गर्दै जिल्लामा पार्टीको इज्जत र साख जोगाउन आवश्यक रहेको बताए। उनले नेताहरू आफैँ मात्रै चुनाव लड्दा वा नेताको श्रीमती आउँदा पनि दुःख पाएका कार्यकर्ताले अवसर नपाएको तितो यथार्थ औँल्याउँदै आफू पछि हट्ने निर्णयमा पुगेको स्पष्ट पारे।

'नेता आफैँ मात्र लड्दा दुःख पाएका कार्यकर्ताको कहिल्यै पालो आएन। नेता नहुँदा नेताकी श्रीमती आउँदा झन् धेरै कार्यकर्ताले अवसर पाएनन्। त्यसकारण म चुनाव लड्दिनँ, तपाईंहरू लड्नुहोस्।' लामाले निर्वाचन नलड्ने घोषणा गरे पनि दोलखा कांग्रेसले भने अझैसम्म प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस गर्न सकेको छैन। जिल्लामा धेरै आकांक्षी छन्।

दोलखाबाट लामासँगै केन्द्रीय सदस्यहरू कुन्दनराज काफ्ले र अजयबाबु शिवाकोटी पनि रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad