न्याय सेवा आयोगको खुला विज्ञापन अन्तर्गत जिल्ला न्यायाधीशको लिखित परीक्षामा कानुन व्यवसायी पहिलो पटक उत्तीर्ण भएका छन्। यसअघि लगातार असफल हुँदै आएको कानुन व्यवसायी समूहबाट यस वर्ष दुई जनाले नाम निकाल्दै इतिहास रचेका हुन्।
‘जिल्ला न्यायाधीशको परीक्षा हुन थालेको २०७४ सालदेखि हो। अहिलेसम्म कुनै कानुन व्यवसायीले पनि परीक्षा उत्तीर्ण गर्नु भएको थिएन’, न्यायपरिषदका सूचना अधिकारी सुमन पाण्डेले नेपालखबरसँग भने, ‘लिखित परीक्षामा यो पटक दुई जना उत्तीर्ण हुनु भएको छ।’
लिखित परीक्षा उत्तीर्ण गर्ने कानुन व्यवसायी ईश्वर परियार र शिशिरकुमार यादव हुन्।
जिल्ला न्यायाधीशका लागि खुला प्रतियोगितात्मक परीक्षा लिन थालेको ८ वर्ष भयो। यो अवधिमा खुला परीक्षामार्फत ५६ जना मात्रै न्यायाधीश पदमा प्रवेश गरेका छन्। कानुन व्यवसायीहरू परीक्षामा सहभागी भए पनि कसैले पनि लिखित परीक्षा उत्तीर्ण गर्न सकेका थिएनन्।
यस वर्ष जिल्ला न्यायाधीशका लागि खुलाइएकोमा ४० जनाले लिखित परीक्षा उत्तीर्ण गरेका छन्। यो पटक आन्तरिक खुला, खुला, महिला, आदिवासी जनजाति र मधेसी कोटा तोकेर परीक्षा भएको थियो। कुल २१ जना न्यायाधीश पदका लागि विज्ञापन गरिएकोमा १७२ जना परीक्षार्थी सहभागी थिए।
लिखित परीक्षा उत्तीर्ण हुनेमा तीनजना महिला छन्।
लिखित परीक्षामा नाम निकाल्न सफल भएका उम्मेदवारहरूको अन्तर्वार्ता पुस ११ देखि १४ गतेसम्म तोकिएको छ। अन्तर्वार्तामा सफल भएकाहरू जिल्ला न्यायाधीशमा नियुक्ति हुन योग्य हुनेछन्।
यसअघिको परिणाम
- २०७४ सालस् ३० जना मागिएकोमा १६ जना मात्र लिखितमा उत्तीर्ण।
- २०७८ सालस् १८ जनाका लागि विज्ञापन गरिएकोमा तीन जना मात्र उत्तीर्ण।
- २०८० सालस् २९ जना मागिएकामा न्याय सेवाका एक जना मात्र ९पारसमणि पोखरेल० उत्तीर्ण भएका थिए।
कतिपय वर्ष खुला प्रतियोगिताबाट न्यायाधीश नियुक्त हुन नसकेपछि सर्वोच्च अदालतका इजलास अधिकृतहरू, उच्च अदालतका रजिस्ट्रार, जिल्ला अदालतका स्रेस्तेदारहरूलाई समेत जिल्ला न्यायाधीशमा नियुक्ति गर्ने गरिएको थियो। २०८१ सालमा पनि ४३ जनाका लागि विज्ञापन गरिएकोमा लिखित नतिजामा आठ जनाले मात्रै नाम निकालेका थिए।
लिखित परीक्षा उत्तिर्ण हुनेको सूची
Shares

प्रतिक्रिया