नेपाली फिल्म ‘अभिमन्यु: च्याप्टर १’ घरेलु बजारमा आज (बिहीबार) देखि दोस्रो सातामा प्रवेश गरेको छ।
गत बिहीबार रिलिज यो चलचित्र दोस्रो सातामा प्रवेश गरे पनि सो भने धेरै पाएको छैन।
तर पाएका सोमा भने दर्शकको अकुपेन्सी राम्रो छ।
त्यसैले ठाउँठाउँबाट दर्शकले निर्माण टिमका सदस्यलाई सिनेमा हेर्न पाइएन, सो छैन, सो चाहियो भन्दै सामाजिक सञ्जालमा मेन्सन गरिरहेका छन्।
पब्लिक र समीक्षक दुवैको रिभ्यु राम्रो आएपछि सिनेमा दर्शकले हेर्न खोजिरहेको तर नपाएपछि सामाजिक सञ्जालमा गुनासो गरिरहेका हुन्।
निर्माण पक्षले रिभ्यु राम्रो आउँदा र चलचित्र राम्रो छ भनेर सबैले भन्दा पनि अपेक्षाअनुसार सो नहुनु र धेरै दर्शक नहुनुले नयाँ काम र चुनौती किन मोल्ने भन्ने प्रश्न उब्जाएको बताएको छ।
सुशान्त गौतमले निर्देशन गरेको ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा छन्।
चलचित्र मुकेश खनालले लेखेका हुन्।
चलचित्रमा कामेश्वर चौरसिया, लक्ष्मी बर्देवा, किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, शिशिर बाङदेललगायत कलाकार मुख्य भूमिकामा छन्।
‘अभिमन्यु : च्याप्टर १’ का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्।
रमेश चौलागाईं र हरि श्रेष्ठ सहनिर्माता रहेको चलचित्रका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन्।
सिनेमाको लाइन प्रोड्युसर जीवन शाक्य हुन्।
शरद महतो डीओपी रहेको यस चलचित्रमा मनोज श्रेष्ठको भीएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरे सम्पादन छ।
Shares

प्रतिक्रिया