राजनीति


पूर्वराष्ट्रपति भण्डारीद्वारा जेनजी आन्दोलनमा आगजनी गरिएको संसद् भवनको अवलोकन

पूर्वराष्ट्रपति भण्डारीद्वारा जेनजी आन्दोलनमा आगजनी गरिएको संसद् भवनको अवलोकन

जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको संसद् भवन अवलोकनका क्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिर : सरोज शाही/नेपालखबर


नेपालखबर
मंसिर २५, २०८२ बिहिबार १४:९, काठमाडौँ

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको अवलोकन गरेकी छन्। 

बिहीबार भण्डारीले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएको संसद् भवनको क्षति अवस्थाबारे जानकारी लिएकी छन्।

निरीक्षणका क्रममा पूर्वराष्ट्रपति भण्डारीले संसद् भवनको मुख्य गेट, सभाहल, बैठक कक्षलगायतका क्षेत्रमा भएको तोडफोड र आगजनीबाट पुगेको क्षतिको प्रत्यक्ष अवलोकन गरिन्। 

उनले क्षतिग्रस्त संरचना तथा सामग्री नजिकबाट गरेकी छन्। संसद् सचिवालयका उच्च अधिकारीहरूले पूर्वराष्ट्रपतिलाई आन्दोलनका क्रममा भएको तोडफोड र हालसम्मको मर्मत–सम्भारको अवस्थाबारे ब्रिफिङ गरेका छन्। 

जेनजी आन्दोलनका नाममा भएको तोडफोड र आगजनीको घटनालाई लिएर देशव्यापी रूपमा आलोचना भएको थियो भने संसद् भवनको सुरक्षा व्यवस्थामाथि पनि गम्भीर प्रश्न उठेको थियो। पूर्वराष्ट्रपति भण्डारीले संसद् भवनको अवलोकनपछि कुनै प्रतिक्रिया भने दिएकी छैनन्। 

यसअघि भण्डारीले क्षतिग्रस्त सिंहदरबारको पनि अवलोकन गरेकी थिइन्। त्यहि क्रममा प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad