लोकसेवा आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका लागि माग भएका ५६ जना वरिष्ठ अधिकृतको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ। जम्मा ५६ जना माग भए पनि ४१ जनाले मात्र लिखित परीक्षामा सफल भएका छन्।
प्राविधिक एयरक्राट सर्भिसेस सेवामा ४० जना माग गरिएको थियो। जम्मा २५ जनाले मात्र लिखित परीक्षा उत्तीर्ण गरेका छन्। खुलातर्फ २२ जना माग भएकोमा १८ जना मात्र छनोट भएका छन्। महिला ६ जना माग भएकोमा ४ जना मात्र उत्तीर्ण भएका छन् भने आदिबासी जनजातिबाट ५ जना माग भएकोमा २ जना मात्र उत्तीर्ण भएका छन्।
एभिएसन फायर सर्भिस, इन्जिनियरिङ एन्ड टेलिकम्युनिकेसन इन्जिनियरिङसहितका समूहमा थप १६ पदको नतिजा पनि बुधबार प्रकाशित भएको छ। यी समूहमा माग संख्याभन्दा बढीले नाम निकालेका छन्।
यो पनि: पोखराको भ्रष्टाचारले काठमाडौँ र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख पनि ‘ग्राउन्डेड’
सूची हेर्नुहोस्👇
Shares

प्रतिक्रिया