आउँदो फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेसका दुई प्रभावशाली नेता डा. शेखर कोइराला र महामन्त्री विश्वप्रकाश शर्मा क्रमश: मोरङ-६ र झापा-१ निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस भएको छन्।
कांग्रेसका नेता डा. शेखर कोइरालाको नाम मोरङ-६ बाट प्रतिनिधि सभा सदस्यका लागि सर्वसम्मत रूपमा एकल सिफारिस भएको हो। क्षेत्रीय सभापति देवराज तामाङले मंगलबार बसेको मोरङ क्षेत्र नम्बर ६ को बैठकले कोइरालाको नाम जिल्ला कार्यसमितिमा एकल सिफारिस गर्ने निर्णय गरेको जानकारी दिए।
कोइरालाले २०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट विजय हासिल गरेका थिए।
महामन्त्री शर्माको नाम पनि
कांग्रेसका महामन्त्री शर्माको नाम पनि झापा क्षेत्र नम्बर १ बाट एकल सिफारिस भएको छ। क्षेत्रीय समितिले महामन्त्री शर्माको नाम सर्वसम्मत रूपमा जिल्ला कार्यसमितिलाई पठाएको हो। क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी नेपालखबरसँग भने, ‘महामन्त्री शर्माको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गरेका हौं।’
शर्माले २०७९ सालको निर्वाचनमा सोही क्षेत्रबाट जितेका थिए। त्यसअघिको २०७४ सालको निर्वाचनमा उनी पराजित भएका थिए। यी सिफारिसहरूमाथि केन्द्रीय समितिले अन्तिम निर्णय गर्नेछ।
Shares

प्रतिक्रिया