प्रधानमन्त्री सुशीला कार्कीसँग जेनजी प्रतिनिधि सुदन गुरुङले भेट गरेका छन्।
मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा गुरुङले सरकार र जेनजीबीच हुन लागेको सम्झौताको प्रगतिप्रति चासो व्यक्त गर्दै प्रक्रिया ढिला हुन नहुनेमा जोड दिए।
प्रधानमन्त्री सचिवालयका अनुसार गुरुङले जेनजी आन्दोलनलाई वैधता दिने गरी सम्झौता छिटो टुंग्याई राष्ट्रपतिसमक्ष हस्ताक्षरका लागि पठाउनुपर्ने धारणा प्रधानमन्त्रीसमक्ष राखका थिए।
भेटमा उनले आन्दोलनका क्रममा धेरै युवाहरू प्रहरीले धरपकडमा पारेको, धरौटी तिर्न नसक्दा कतिपय पुर्पक्षका लागि थुनामा बस्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको भन्दै गुनासो पनि व्यक्त गरेका छन्।
78
Shares

प्रतिक्रिया