सरकारले सहसचिव राजेन्द्रकुमार पौडेललाई सचिवमा बढुवा गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले बताए। उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्ताका रुपमा कार्यरत छन्।
यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको बढुवा शाखाले सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको थियो। सिफारिश हुनेमा पौडेलसँगै कमलप्रसाद भट्टराई र इन्दु घिमिरे रहेका थिए।
उनीहरूमध्ये मन्त्रिपरिषद्ले पौडेललाई सचिवमा बढुवा गरेको हो।
यो पनि पढ्नुहोस् : यस्ता छन् सरकारका सात निर्णय
96
Shares

प्रतिक्रिया