राजनीति


यस्ता छन् सरकारका सात निर्णय

यस्ता छन् सरकारका सात निर्णय

नेपालखबर
मंसिर २२, २०८२ सोमबार २०:५७, काठमाडौँ

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले उखुको मूल्य तोक्नेलगायत विभिन्न निर्णय गरेको छ। जसमध्ये सात वटा निर्णय सार्वजनिक गरिएका छन्। 

सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्का निर्णयबारे जानकारी दिएका हुन्। उनका अनुसार, सरकारले आर्थिक वर्ष २०८२/८३ को लागि कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६ सय २० निर्धारण गरेको छ। यससँगै सरकारले उखुको अनुदान रकम प्रतिक्विन्टल ७० रुपैयाँ कायम गर्ने निर्णय गरेको छ। 

दोस्रो निर्णयमा २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा जलेर मृत्यु भएका पत्रकार सुरेश रजकलाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने रहेको छ। 

तेस्रो निर्णयमा २०८२ भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०८२ स्वीकृत गर्ने रहेको छ। 

चौथो निर्णयमा इलाम, कास्की, चितवन, झापा, तेह्रथुम, नवलपरासी, बर्दघाट (सुस्ता पूर्व), नवलपरासी बर्दघाट (सुस्ता पश्चिम), पर्वत, मोरङ र सुनसरीसहित १० जिल्लाका ९४ हजार पाँच सय २७ गरिब परिवारको सूची स्वीकृत गर्ने रहेको छ। 

पाँचौं निर्णयमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व दोस्रो संशोधन नियमावली, २०८२ स्वीकृत गर्ने रहेको छ। 

छैटौंमा नेपाल प्रशासन सेवा समूहिकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा सहसचिव राजेन्द्रकुमार पौडेललाई बढुवा निर्णय रहेको छ। 

सातौंमा जेनजी आन्दोलनका घाइतेको शिक्षा, स्वास्थ्य तथा रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने निर्णय रहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad