राजनीति


मतदाता नामावली सच्याउने म्याद मंसिर २६ सम्म, अनलाइनबाट निवेदन दिन सकिने

मतदाता नामावली सच्याउने म्याद मंसिर २६ सम्म, अनलाइनबाट निवेदन दिन सकिने

नेपालखबर
मंसिर २२, २०८२ सोमबार १७:५७, काठमाडौँ

निर्वाचन आयोगले मतदाता नामावलीमा भएको त्रुटी सच्याउनका लागि मंसिर २६ गतेसम्म समय तोकेको छ। 

मतदाता नामावलीलाई त्रुटिरहित तुल्याउन सच्याउने समय दिइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जनाएका छन्। आयोगले भनेको छ, ‘मतदाता नामावली अद्यावधिक (दाबी विरोध) कार्यक्रम अन्तर्गत मतदाता नामावलीलाई त्रुटिरहित र थप शुद्ध तुल्याउन आम मतदाता तथा सबै सरोकारवालाको सहभागिता अपरिहार्य रहेकोले मिति २०८२/८/२६ सम्म त्रुटि सच्याउन अनलाइन प्रणालीबाट निवेदन, सूचना एवं उजुरी दिने कार्यमा सबै सरोकारवालाहरूको सक्रिय सहभागिताको लागि आयोग हार्दिक अपील् गर्दछ।’

यो अवधिमा त्रुटि सच्याउनेसँगै कसैले झुटो विवरण दिई नामावलीमा नाम समावेश गरेको भए उजुरी दिन, एकभन्दा बढी ठाउँमा नाम समावेश भए एउटै ठाउँमा कायम गर्न, मृत्यु वा नागरिकता त्यागेको भए जानकारी गराउन पनि आग्रह गरेको छ। यो प्रक्रिया पूरुा भएपछि आयोगले मतदाता नामावली प्रकाशन गर्नेछ। 

आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि फागुन २० गतेलाई ‘कट अफ डेट’ निर्धारण गरेको छ। यसअनुसार, फागुन २० गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताको विवरण मतदाता नामावलीमा अद्यावधिक गर्ने भएको छ। 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad