प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमणमा परेका रुसका प्रधानमन्त्री मिखाइल मिशुस्तिनको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
‘कोभिड–१९ विरुद्ध रुस सरकार र रुसका जनताको संघर्षमा नेपाल सरकार र नेपाली जनताका तर्फबाट ऐक्यबद्धता व्यक्त गर्दछु,’ प्रधानमन्त्री ओलीले शुक्रबार ट्विटमा भनेका छन्।
कोरोना संक्रमण पुष्टि भएपछि रुसी प्रधानमन्त्री बिहीबार अस्पताल भर्ना भएका हुन्।
रुसीमा एकै दिन सबैभन्दा बढि ७,०९९ संक्रमित भेटिएकै दिन बिहीबार त्यहाँका प्रधानमन्त्रीमा पनि संक्रमण पुष्टि भएको हो।
त्यससँगै रुसमा संक्रमितको संख्या १ लाख पुगेको बीबीसीले जनाएको छ।
उनी गत जनवरीमा प्रधानमन्त्री बनेका हुन्।
आफू सेल्फ–आइसोलेसनमा रहँदा उनको कार्यभार प्रथम उपप्रधानमन्त्री अन्द्रेइ बेलोसोभले सम्हाल्ने उनको प्रस्तावलाई त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनले स्वीकृति दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया