डाबर नेपालले आफ्नो कम्पनीको उद्देश्य ‘हरेक घरको स्वास्थ्य र भलाई’लाई मध्यनजर गर्दै, अल्कोहल बेस्ड ह्यान्ड स्यानिटाइजर ‘डाबर इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर’ बजारमा ल्याएको छ।
कम्पनीक अनुसार ८० प्रतिशत अल्कोहोल भएको उक्त स्यानिटाइजरले डिडिएका सबै मापदण्ड पुरा गरेको छ। प्रारम्भिक चरणमा प्रमुख सुपरमार्केट र इ–कमर्स साईटहरुमा मात्रै उपलब्ध हुने यस स्यानिटाइजरले साबुन पानीको प्रयोग बिना नै हानिकारक किटाणुहरुबाट सुरक्षा दिन्छ।
हाल १५० एम एल स्यानिटाइजरको बजार मूल्य १७५ रुपैयाँ रहेको छ।
विश्वव्यापी महामारी कोभिड–१९ को भाइरसलाई फैलन नदिन हामीले हाम्रा हातहरु सफा राख्नु पर्दछ। ‘डाबर इन्सटेन्ट ह्यान्ड स्यानिटाईजर’ को प्रयोगले उपभोक्त्ताहरुलाई धेरै किसिमका प्राण घातक भाइरसहरु बाट सुरक्षा दिने कम्पनीको विश्वास छ।
Shares

प्रतिक्रिया