राजनीति


प्रधानमन्त्री भेट्न विद्या भण्डारी सिंहदरबारमा

प्रधानमन्त्री भेट्न विद्या भण्डारी सिंहदरबारमा

जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनी गरिएको सिंहदरबार अवलोकनमा गएकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेकी छन्।


नेपालखबर
मंसिर २१, २०८२ आइतबार १४:४०, काठमाडौँ

जेनजी आन्दोलनका बेला जलेको सिंहदरबार अवलोकन गर्न गएकी पूर्वराष्ट्रपति विद्या भण्डारीले अहिले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरिरहेकी छन्।

सिंहदरबारमै रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भण्डारी पुगेकी हुन्। दुवै जनाबीच छलफल चलिरहेको छ।

आइतबार दिउँसो सिंहदरबार अवलोकन गर्न पुगेकी उनले प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्न लागेकी हुन्। 

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका बेला सिंहदरबारमा आगजनी गरिएको थियो। भण्डारी पहिलो पटक त्यसको अवलोकनमा गएकी हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad