नेपाल प्रिमियर लिग-२ को अवसरमा एलजी नेपालले आफ्नो प्रिमियम एलजी ओलेड टिभीमा विशेष छुट अफर ल्याएको छ।
कम्पनीले सीमित समयको लागि ल्याएको अफर नेपालभर उपलब्ध हुने जनाइएको छ।
एलजी नेपालले विश्वकै अत्याधुनिक टेलिभिजन प्रविधिलाई अझ पहुँचयोग्य बनाउँदै घरमै स्टेडियम–जस्तै अनुभव दिलाउने उद्देश्य लिएको छ।
उत्कृष्ट चित्र स्पष्टता, जीवन्त रंग, र सिनेम्याटिक ध्वनिको संयोजनले एलजी ओलेड टिभीले हरेक एनपीएल क्षणलाई वास्तविक जस्तै बनाइदिन्छ।
एलजी ओलेड टिभीमा अत्याधुनिक प्रविधिहरू ए९ फोरके एआई प्रोसेसर जेन ८, डलबी भिजन र डलबी अटमस, एनभिडिया जी–सिन्क र एएमडी फ्रिसिन्क वेबओएस स्मार्ट प्लेटफर्म रहेका छन्।
क्रिकेट सिजनलाई विशेष बनाउँदै एलजीले ओलेड टिभी विशेष मूल्य–कटौती गरेको छ। अफरले प्रिमियम ओलेड प्रविधि चाहने नेपाली परिवारलाई आफ्नो ‘भ्युइङ एक्सपिरियन्स’ अपग्रेड गर्न अधिक सहज बनाउने कम्पनीको भनाइ छ।
एलजीका बजार प्रबन्धक मुकेश कुमार बैठाले भने, “नेपाल प्रीमिएर लिग केवल क्रिकेट मात्र होइन—यो नेपाली भावना र गौरवबाट प्रेरित एउटा उत्सव हो। विश्वकै नं.१ ओलेड टिभी मा गरिएको यो विशेष मूल्य छुट मार्फत हामी चाहन्छौँ कि प्रत्येक फ्यानले आफ्नै घरमा बसेर सबैभन्दा उत्कृष्ट भिजुअल र साउन्ड टेक्नोलोजीसहित खेल हेर्न सकून्।”
यो सीमित समयको मूल्य–छूट नेपालभरका सबै आधिकारिक एलजी ब्रान्डसप तथा अधिकारिक इलेक्ट्रोनिक्स रिटेलरहरूमा उपलब्ध छ।
Shares

प्रतिक्रिया