राजनीति


मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड

मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड

नेपालखबर
मंसिर २०, २०८२ शनिबार १६:३३, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसले देशभर नयाँ राजनीतिक समीकरण निर्माणको सुरुवात गरिदिएको दाबी गरेका छन्। 

शनिबार जनकपुर गाछीमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले मधेसमा बनेको नयाँ सत्ता संयोजनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरे।

प्रचण्डले भने, ‘मधेसले अहिले भर्खरै पनि परम्परागत, तथाकथित पक्षलाई पछाडि पारेर नयाँ राजनीतिक संकेत दिएको छ। मधेस सरकारले नेपाली कम्युनिस्ट पार्टी, मधेसकेन्द्रित दलहरू र नेपाली कांग्रेससम्मसँग मिलेर नयाँ सरकार बनाएको छ।’

उनका अनुसार देशमा वर्षौंदेखि चल्दै आएको पुरानो राजनीतिक समीकरण अब समाप्त भइसकेको छ। प्रचण्डले थपे, ‘केही वर्षदेखिको तथाकथित समीकरण टुटिएको छ र नयाँ समीकरणको सुरुवात पनि मधेसबाटै भएको छ।’

प्रचण्डले मधेसबाट आएको यो सन्देश अब अन्य प्रदेशहरूमा पनि फैलिने दाबी गर्दै भने, ‘मधेसबाट देखिएको यो सन्देश अब देशका बाँकी प्रदेशमा पनि अगाडि बढ्ने छ। नयाँ एउटा समीकरण र परिवर्तन अगाडि बढ्ने छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad