नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले पनि केही मान्छेले व्यवस्था परिवर्तन भए पनि अवसथा परिवर्तन नभएको भन्ने गरेको भन्दै कटाक्ष गरेका छन्।
शनिबार नेकपा एमालेले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यो ३ महिनामा परिवर्तन भयो कि भनेर कटाक्ष समेत गरे।
‘यत्रो परिवर्तन आएको छ, तै पनि केही मान्छे अहिले पनि भन्छन्-व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन,’ ओलीले भने, ‘यो ३ महिनामा चाहिँ अलि भयो कि?’
बौद्धिकहरुको यस्ता विश्लेषण सुन्दा आफूलाई दया लाग्ने ओलीले जिकिर गरे। ओलीले भने, ‘उनीहरुको विचारमा यो ३ महिनामा अवस्था परिवर्तन भयो कि? बौद्धिकहरुको विश्लेषण र तर्क सुन्दा दया मान्न सकिन्छ।’
99
Shares

प्रतिक्रिया